लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी « Khabarhub

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय राजदूतावासको आयोजनामा ५०० भन्दा बढीको सहभागिता

लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथि थिए ।

दुवै अतिथिहरूले भगवान् बुद्धको पवित्र जन्मभूमिमा यस्तो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिनु गौरवको विषय भएको बताए । उनीहरूले यसले भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाएकोमा भारतीय राजदूतावासप्रति आभार जनाए ।

उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै ५०० भन्दा बढी योगप्रेमीहरू सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको ऐतिहासिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पारे ।

उनले योग भारतमा उत्पन्न भएको एउटा प्राचीन अभ्यास भए पनि सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएसँगै यो अभ्यास विश्वव्यापी आन्दोलनका रूपमा फैलिएको उल्लेख गरे ।

राजदूत श्रीवास्तवले शान्ति र सद्भावको प्रतीक लुम्बिनीलाई योगका कालातीत मूल्यहरू मनाउन अत्यन्त उपयुक्त स्थल भन्दै लुम्बिनी विकास कोषलाई कार्यक्रम सफल बनाउन दिएको सहयोगका लागि धन्यवाद दिए ।

उनले लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योग कार्यक्रमहरूले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो कार्यक्रम भारतीय राजदूतावासद्वारा नेपालका विभिन्न शहरहरूमा सञ्चालन गरिएका ११औं अन्तर्राष्ट्रिय योग दिवसका गतिविधिहरूको श्रृंखलाको एक भाग हो।

राजदूतावासले शनिबार पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रंगशालामा विशाल योग प्रदर्शनको आयोजना गर्ने जानकारी दिएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ३८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र