‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने « Khabarhub

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना खेलाडी प्रतिस्पर्धामा छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न तौल मापनबाट विभिन्न तौल समूहका खेलाडीहरुको संख्या कायम गरिएको छ । जसमा ७५ केजी माथिको तौल समूहका खेलाडीको संख्या ६ जना रहेको छ ।

७५ केजीसम्म तौल समूहका खेलाडीको संख्या ५ जना, ७० केजी।सम्म तौल समूहका ६ जना, ६५ केजीसम्म तौल समूहका ८ जना, ६० केजी सम्मको तौल समूह भएका खेलाडीको संख्या ७ जना ५५ केजी सम्मको तौल समूहका ६ जना खेलाडी प्रतिस्पर्धामा रहेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।

प्रतियोगिता काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आयोजना गरेको हो । ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित असार ६ र ७ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष महर्जनले, मिस्टर महानगरलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका थिए ।

वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले, अरु खेल जस्तै शारीरिक सुगठन र व्यायामसँग सम्बन्धित खेलप्रति आकर्षण बढाउँदै खेलका माध्यमबाट आरोग्य जीवनका कार्यक्रम प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यो च्याम्पियनसिप पुरुषहरुका लागि आयोजना गरिएको हो । यसमा क्रमशः महिलाहरुलाई पनि सहभागी गराउँदै लैजाने योजना छ ।

वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगदर ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा गृहमा मापदण्ड बमोजिमको तौल मापन हुनेछ । ७ गते राष्ट्रिय सभा गृहमा प्रिजजिङ् र फाइनल प्रतियोगिता हुनेछ ।

प्रत्येक तौल समूहका विजेताहरुका मिस्टर महानगरको दावेदार हुनेछन् । यी दावेदारहरुका बिचमा ओभरअल प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौलसमूहको विजेता भएर ७५ हजार रुपैयाँ र ओभरअल प्रतिस्पर्धाको विजेता भएर पदकसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस दिन शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडीहरुलाई सम्मान प्रदान गरिनेछ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ०२ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि