पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट « Khabarhub

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ । पहिलो ओभरको चौथो बलमा नै नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । उनले एक चौका प्रहार गर्दै चार रन मात्र बनाउन सके । अहिले आशिफ शेख र भीम सार्की क्रिजमा छन् ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पछ्याइरहेको छ ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए ।

नेपालले स्कटल्याण्ड्सविरुद्धको खेलमा करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई मैदान उत्रारेको छ । आजको खेल दुवै टोलीलाई निर्णायक हो । दुवै टोली सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

नेपाल ३ खेलबाट २ मा जित र १ मा पराजयसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समान २ खेलबाट २ हार र १ सहित तेस्रो स्थानमा छ । नेपालले यो खेल जित्यो भने ६ अंक हुन्छ । यसबाट नेपालले उपाधि चुम्नेछ ।

उता रन रेटमा अगाडि रहेको स्कटल्याण्डले जितेमा अंक बराबर हुनेछ । तर नेट रन रेटमा अगाडि रहेकाले स्कटल्याण्डले उपाधि जित्नेछ ।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा राखेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ४१ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण