नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट « Khabarhub

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरिरहेकाे छ । ११ ओभर खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ८३रन बनाएको छ ।

नेपाल कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की र आरिफ शेखलाई सस्तैमा गुमाएको हो । भुर्तेल पहिलो ओभरमा नै चार रन बनाएर आउट भए । त्यस्तै आशिफले १४, भीमले १२, र आरिफले ५ रन मात्र बनानउ सके । यस्तै कप्तान राेहित पाैडेल २७ रन बनाएर पेभेलियन फर्किएका छन् ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पछ्याइरहेको छ ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए । आजको खेलमा जित हात पार्ने टोलीले सिरिज जित्ने छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : २० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट