नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि « Khabarhub

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई रनले हराउँदै उपाधि जितेको हो ।

स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेश कुमार सिंहले २२ बलमा ४३ रन बनाए पनि जितका लागि पर्याप्त भए । उनले एक चौका र तीन छक्का समेत प्रहार गरे । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ३३ बलको सामना गरेको ऐरीले एक चौका र एक छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित पौडेल २७ रन बनाएर पेभेलियन फर्किएका थिए ।ओपनर कुशल भुर्तेलले ४, आसिफ शेखले १४, भीम सार्कीले १२ र आरिफ शेखले ५ रन बनाए ।

स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले तीन विकेट लिए । सफायान सरिफले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलेन, मार्क वाट, माइकल लीस्कले एक एक विकेट लिए ।

यसअघि ग्लासगोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएपछि नेपालले १९४ रनको लक्ष्य पाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ५ चौका र ६ छक्कासहित ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले पनि ३० बलमा महत्वपूर्ण ४२ रन बनाए । माइकल लीस्कले नटआउट २६ र म्याथ्यू क्रसले १७ रन बनाए ।कप्तान रिची बेरिङ्टन ९ रनमा आउट हुँदा मार्क वाटले पनि ९ रन नै बाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक एक विकेट लिए । आजको खेलमा जित हात पार्ने टोलीले सिरिज जित्ने छ ।

सिरिजमा नेपालले दुई जित निकालेको थियो । यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ०७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को