गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन « Khabarhub

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले आव २०८०–८१ को तुलनामा गत आर्थिक वर्षमा दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए ।

‘आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई आठ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो’, उनले भने, ‘कार्यालयले गत आर्थिक वर्षभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित कार्यात्मक सूचकका आधारमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सकेका छौँ ।’

विभागले आव २०८०–०८१ का लागि भने ९ अर्ब ४१ करोड ९७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२ दशमलव ९३ अर्थात् ६ अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रमुख कर अधिकृत चौलागाईँले कार्यालयले बक्यौता रकम असुलीमा कडाइ गरेकाले पनि लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएको बताए ।

कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ तीन अर्ब नौ करोड ५७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा चार अर्ब १३ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै कार्यालयले गत आर्थिक वर्षभरमा आयकरतर्फ दुई अर्ब ८९ करोड ९९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा तीन अर्ब १० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने दुई अर्ब ५८ करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा दुई अर्ब १२ करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत चौलागाईँले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार सङ्कलन नहुनुमा यहाँका १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा गएकाले पनि लक्ष्य प्राप्त हुन नसकेको बताए । (रासस)

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ३८ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक