सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै « Khabarhub

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको छ । शनिबार अबेरसम्म सुवेदा क्षेत्रमा गोलाबारी र विष्फोटको चर्को आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि शनिबारको हिंसामा के–कति हताहती भयो भन्ने अझै स्पष्ट नभएको जनाइएको छ । सिरियाको दक्षिणमा पर्ने सुवेदा क्षेत्रमा अल्पसङ्ख्यक ड्रुज समुदायको बसोबास रहेको छ ।

सुवेदामा शान्ति कायम गर्न सुरक्षा फौज परिचालन गरिएको सिरिया सरकारले जनाएको छ । सरकारले हिंसामा सहभागी सबै पक्षलाई हतियार बिसाउन आग्रह पनि गरेको छ ।

झण्डै एक सातादेखि जारी हिंसाका कारण हालसम्म सुवेदा क्षेत्रमा ९ सय ४० जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ । यद्यपि अब्जरभेटरीको दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ ।

गत डिसेम्बरमा सत्तामा पुगेका सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शराले अरब र अमेरिकी मध्यस्थताले सुवेदामा शान्ति पुनःस्थापित गर्न सहयोग पुगेको उल्लेख गरेका छन् । शराको सरकारले सिरियामा आफ्नो नियन्त्रण कायम राख्न प्रयास गरिरहेका बेला सुवेदामा हिंसा मच्चिएको हो ।

ड्रुज समुदाय र सिरियाका फिरन्ते अरब समुदायबीच विवाद भएपछि शुरु भएको हिंसाले उग्र रुप लिएको हो । ड्रुज समुदाय सिरिया, इजरायल अधिनस्थ गोलान हाइट्स, जोर्डन र लेबनानमा बसोबास गर्दै आएका छन् ।

यस हिंसामा छिमेकी इजरायल पनि सहभागी भएको छ । इजरायलले ड्रुज समुदायको पक्ष लिँदै केही दिनअघि सिरियामा हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : १६ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण