सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै « Khabarhub

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको छ । शनिबार अबेरसम्म सुवेदा क्षेत्रमा गोलाबारी र विष्फोटको चर्को आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि शनिबारको हिंसामा के–कति हताहती भयो भन्ने अझै स्पष्ट नभएको जनाइएको छ । सिरियाको दक्षिणमा पर्ने सुवेदा क्षेत्रमा अल्पसङ्ख्यक ड्रुज समुदायको बसोबास रहेको छ ।

सुवेदामा शान्ति कायम गर्न सुरक्षा फौज परिचालन गरिएको सिरिया सरकारले जनाएको छ । सरकारले हिंसामा सहभागी सबै पक्षलाई हतियार बिसाउन आग्रह पनि गरेको छ ।

झण्डै एक सातादेखि जारी हिंसाका कारण हालसम्म सुवेदा क्षेत्रमा ९ सय ४० जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ । यद्यपि अब्जरभेटरीको दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ ।

गत डिसेम्बरमा सत्तामा पुगेका सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शराले अरब र अमेरिकी मध्यस्थताले सुवेदामा शान्ति पुनःस्थापित गर्न सहयोग पुगेको उल्लेख गरेका छन् । शराको सरकारले सिरियामा आफ्नो नियन्त्रण कायम राख्न प्रयास गरिरहेका बेला सुवेदामा हिंसा मच्चिएको हो ।

ड्रुज समुदाय र सिरियाका फिरन्ते अरब समुदायबीच विवाद भएपछि शुरु भएको हिंसाले उग्र रुप लिएको हो । ड्रुज समुदाय सिरिया, इजरायल अधिनस्थ गोलान हाइट्स, जोर्डन र लेबनानमा बसोबास गर्दै आएका छन् ।

यस हिंसामा छिमेकी इजरायल पनि सहभागी भएको छ । इजरायलले ड्रुज समुदायको पक्ष लिँदै केही दिनअघि सिरियामा हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : १६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट