इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त « Khabarhub

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकामा तत्कालीन राज्य गुप्तचर सेवा एसआइएसका प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको छ ।

अदालतको रेकर्डले जयवर्दनालाई सन् २०१९ अप्रिल २१ मा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणको १७ दिनअघि सम्भावित आतङ्कवादी हमलाका बारेमा सचेत गराइएको देखाएको छ ।

बम विस्फोटमा पाँच सयभन्दा बढी मानिस घाइते भएका थिए ।

सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा अनुशासनात्मक अनुसन्धानले जयवर्दनालाई लापरवाही र कर्तव्य अवहेलनाका सबै सातवटा मामिलामा दोषी ठहर गरेको प्रहरी आयोगले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“आरोपको गम्भीरतालाई ध्यानमा राख्दै आयोगले उहाँलाई अधिकतम सजाय दिने निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नागरिकहरूमाथि श्रीलङ्काको सबैभन्दा खराब आतङ्कवादी आक्रमणका रूपमा इस्टर बम विस्फोटपछि जयवर्दनालाई एसआइएस प्रमुखको पदबाट हटाइयो तर प्रशासनको निरीक्षण गर्ने प्रहरी बलको उपप्रमुखको भूमिकामा बढुवा गरिएको थियो ।

यद्यपि उनीविरुद्ध कारबाही गर्न बारम्बार न्यायिक आदेशपछि अनुशासनात्मक सुनुवाइका लागि उनलाई एक वर्षअघि अनिवार्य बिदामा राखिएको थियो ।

आक्रमणको केही समयपछि सुरु गरिएको उच्चस्तरीय अनुसन्धानले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र जयवर्दनासहित उनका चार वरिष्ठ अधिकारीलाई उनीहरूको गल्तीका लागि आपराधिक अभियोजनको सामना गर्नुपर्ने पत्ता लगाएको थियो ।

नागरिक मुद्दापछि सन् २०२३ जनवरीमा जारी गरिएका सर्वोच्च अदालतका आदेशहरू अनुसार उनीहरूले पीडितहरूलाई १० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिरेका छन् ।

सन् २०१९ को बम विस्फोटलाई इस्लामिक स्टेटप्रति वफादारीको वाचा गर्ने स्थानीय जिहादी समूहमाथि दोष लगाइएको थियो ।

राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको श्रीलङ्काको नयाँ सरकारले इस्टर हमलाको अनुसन्धान बढाउने र बम विस्फोटका लागि जिम्मेवार व्यक्तिहरूको पर्दाफास गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया