ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर  एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसेका थिए । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०२ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति