दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान | Khabarhub Khabarhub

दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ९२ हजार २९६ रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ ।

नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो । 

नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती–१४ मार्फत छ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८ मार्फत तीन लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७ मार्फत तीन लाख १६ हजार ९९२ लिटर, शिव मन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ मार्फत ५७ हजार ५८३ लिटर र नमुना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत ६७ हजार २३३ लिटर दूध सङ्कलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिए । 

नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताए । ‘किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो’, उनले भने । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०८ बजे

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर

अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र

विगतका गल्ती सच्याएर अघि बढ्छौँ, नेतृत्वलाई प्रहार नगरौँ : प्रदीप ज्ञवाली

नुवाकोट- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै

शीतल निवासको संविधान दिवसमा को-को सहभागी ? (तस्बिरहरू)

काठमाडौं– संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल