गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल « Khabarhub

गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रूपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन् । 

बिरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अजिरकोट वडा नं २ मा समुन्द्रदेखि २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा लगाइएको स्याउका बोटमा यस वर्ष फल लागेका छन् । स्थानीय व्यवसायीहरू सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोपेका थिए । 

दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए। ‘तीन वर्षअघि परीक्षणका रूपमा लगाएको अहिले दुवै फार्ममा लटरम्मै स्याउको दाना फलेका छन्, यसलाई परीक्षण सफल भएको मानेका छौँ’, उनले भने, ‘परीक्षण सफल भएसँगै व्यावसायिक स्याउ खेतीको क्षेत्र विस्तार गर्ने योजना पालिकाको छ ।’ 

पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए । गाउँपालिकाले २०७९ सालमा परीक्षणका रूपमा स्याउका बिरुवा रोपेको व्यवसायी सञ्जीव लामाले बताए । 

‘इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रूपमा लगाइएको थियो, त्यसमा पालिकाले ५० प्रतिशत अनुदान दिएको थियो’, उनले भने, ‘गत वर्ष पनि फल लागेको थियो, पहिलो वर्षको भएकाले टिपेर फ्याँक्यौँ । यस वर्षको उत्पादन बजार पुर्‍याउने योजना छ ।’

पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा  व्यावसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भु थापाले बताए । 

वडा नं १ र २ मा खेती विस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना रहेको पालिका अध्यक्ष दीपक देवकोटा बताउँछन् । स्याउ खेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २० बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता