रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी « Khabarhub

रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको सुदूरपूर्वी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । जर्मन भूविज्ञान शोध केन्द्रका अनुसार आइतबार रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा भूकम्पका केही शक्तिशाली धक्का महसुस गरिएको हो ।

शुरुपमा १० किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाउँदै ६ म्याग्निच्युडको भूकम्प गएको जर्मन शोध केन्द्रले उल्लेख गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार त्यसलगत्तै प्रशान्त महासागरको तटनजिकै ७.४ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो । यसको केन्द्रविन्दु पनि जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पसँगै अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले रुसका केही भूभाग र हवाई राज्यमा सुनामीको चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : १३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण