कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध | Khabarhub Khabarhub

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । 

गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिब ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध भएका हुन् ।

कोषमा आबद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिब १५ अर्ब.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको कोषका सहायक प्रवक्ता दामोदरप्रसाद सुवेदीले बताएका छन् । योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आबद्ध हुने क्रम जारी रहेको उनले बताए । 

साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजीक्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्धताका लागि कोषमा सम्पर्क गर्ने क्रम उल्लेख्य रूपले बढ्दै गएको छ । कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको जनाएको छ । 

जसअनुसार, सामाजिक सुरक्षा सुविधा अन्तर्गत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति दुई लाखसम्म, काजक्रिया अनुदान ४० हजार, प्रसूति सुविधा अन्तर्गत प्रतिप्रसूति सात हजार पाँच सय तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा एक लाखसम्म र कडा रोगमा  १० सम्म सुविधा प्रदान गर्दै आएको छ ।

कोषले यही साउन १ गतेदेखि लागू हुने गरी योगदानकर्ताहरूलाई निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ । 

साथै, कोषले वार्षिक रूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकम समेत योगदानकर्ताहरूलाई प्रदान गर्ने गरेको छ । कोषले योगदानकर्ताहरूबाट संचित रकममा वार्षिक ५ प्रतिशत ब्याजदर र मुनाफा रकम समेत प्रदान गर्दै आएको छ ।

कोषले योगदानकर्ताहरूलाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ । 

नेपाल सरकारले मिति २०८२ साल असार २०  गते सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपाल सरकारले निर्णय गरी कर्मचारी सञ्चय कोषलाई योगदानमा आधारित निवृत्तभरण कोष संचालनको जिम्मा दिए बमोजिम कोषले मिति २०७६ साल साउनदेखि योगदानमा आधारित निवृत्तभरण कोष समेत संचालन गर्न शुरू गरेको हो । 

सोही अनुरूप मिति २०७६ साल साउन १ गतेपछि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, कोष, कम्पनी र समिति लगायतका सङ्गठित संस्थामा नियुक्त भएका कर्मचारीहरूको सम्बन्धित संस्थासँग सम्झौता गरी कोषबाट योगदानमा आधारित निवृत्तभरण कोष संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ११ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा