शिवश्री हाइड्रो र सिटी होटलको हकप्रद निष्कासन हुने  « Khabarhub

शिवश्री हाइड्रो र सिटी होटलको हकप्रद निष्कासन हुने 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर निष्कासन हुने भएको छ । हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले दुवै कम्पनीलाई आइतबार (साउन ४ गते) अनुमति दिएको छ । 

होटलले १ः०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । होटलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै हाइड्रोपावरको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ४६ लाख ६४ हजार रुपैयाँ निष्कासन गर्ने भएको छ । 

हाइड्रोको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २८ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने