सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार « Khabarhub

सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’ साहित्यकार लक्ष्मण सिटौलालाई दिने भएको छ । सिटौलालाई ‘धर्तीको ध्वनि’ गीति संग्रहका लागि उक्त पुरस्कार दिन लागिएको हो । 

शनिबार (१८ जुलाई)मा एक विशेष कार्यक्रमका बिच अनेसासले पुरस्कारको घोषणा गरेको हो । यस पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको जनाइएको छ । 

सिटौलाको ‘धर्तीको ध्वनि’ गीति संग्रहमा २ सय ५० भन्दा बढी गीतहरू समावेश छन् । जुन सङ्ग्रहभित्रका गीतहरू नेपालका ख्यातिपात्र गायक–गायिकाहरूले गाइसकेका छन् । 

अनेसासले संसारभरि छरिएर रहेका नेपाली साहित्यकारहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्यांकन गरी पुरस्कार दिने गरेको छ । 

१५ सय अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ छन्दकविता, गद्यकविता, गीत/गजल/मुक्तक, कथा, उपन्यास, निबन्ध, नियात्रा/संस्मरण, समालोचना, संस्कृति/दर्शन, बालसाहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न ११ विधामा पुरस्कार प्रदान गर्ने गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वाासिङ्टन डीसीमा एक विशेष समारोहका बिच पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २९ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला