सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने « Khabarhub

सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिन सरोकारवालाले सुझाव दिएका छन् । 

गाउँपालिकाले आज नेपाल पर्यटन बोर्डको सहकार्यमा यहाँ आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उनीहरूले सुनापतिको पर्यटन विकासका लागि दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिए । 

सांसद पूर्णबहादुर तामाङले सुनापतिको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएको बताए । उनले स्थानीय तहका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरी आकर्षण गर्ने प्याकेज बनाएर आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिने धारणा राखे । उनले तीन वटै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्न जरुरी भएको औँल्याए । 

सांसद तामाङले विभिन्न शीर्षकमा स्थानीय तहमा जाने बजेटको प्रभावकारी परिचालन नहुँदा योजना कार्यक्रमले गति लिन नसकेको भन्दै यसप्रति सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनापतिको पर्यटन विकासका लागि रणनीतिक योजना समन्वयका साथ अगाडि बढाइनुपर्ने बताए । उनले पर्यटकीय सम्भावना बोकेका पालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई जोडेर पर्यापर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पालिकाको पर्यटन विकासका लागि बोर्डले बलियो सहकार्य गर्ने विश्वास व्यक्त गरे । 

उनले कम लगानीमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिको यात्रामा योगदान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औँल्याए ।    

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासकासाथै कृषि उत्पादनलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गरिनुपर्नेमा जोड दिए ।  रासस

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ५२ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी