सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने « Khabarhub

सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिन सरोकारवालाले सुझाव दिएका छन् । 

गाउँपालिकाले आज नेपाल पर्यटन बोर्डको सहकार्यमा यहाँ आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उनीहरूले सुनापतिको पर्यटन विकासका लागि दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिए । 

सांसद पूर्णबहादुर तामाङले सुनापतिको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएको बताए । उनले स्थानीय तहका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गरी आकर्षण गर्ने प्याकेज बनाएर आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिने धारणा राखे । उनले तीन वटै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्न जरुरी भएको औँल्याए । 

सांसद तामाङले विभिन्न शीर्षकमा स्थानीय तहमा जाने बजेटको प्रभावकारी परिचालन नहुँदा योजना कार्यक्रमले गति लिन नसकेको भन्दै यसप्रति सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनापतिको पर्यटन विकासका लागि रणनीतिक योजना समन्वयका साथ अगाडि बढाइनुपर्ने बताए । उनले पर्यटकीय सम्भावना बोकेका पालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई जोडेर पर्यापर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पालिकाको पर्यटन विकासका लागि बोर्डले बलियो सहकार्य गर्ने विश्वास व्यक्त गरे । 

उनले कम लगानीमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिको यात्रामा योगदान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औँल्याए ।    

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासकासाथै कृषि उत्पादनलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गरिनुपर्नेमा जोड दिए ।  रासस

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ५२ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन