वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत « Khabarhub

वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले साउन १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको राजीनामा सोमबार स्वीकृत भएको छ । 

मिश्रको राजीनामा साउन १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विगत ०७७ माघ २१ गते मिश्र आयोगको सदस्य नियुक्त भएका थिए । तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत ५२ जनाको नियुक्ति गर्दा मिश्र पनि परेका थिए । 

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित गरेपछि संघ, प्रदेश र स्थानीय तहमा राजस्वको स्रोत र प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको न्यायोचित वितरण गर्ने उद्देश्यका लागि वित्त आयोग बनाइएको हो । 

आयोगका अध्यक्ष बालानन्द पौडेलले अवकाश पाएसँगै आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी जुद्धबहादुर गुरुङले सम्हाल्दै आएका छन् । दुई सदस्यमध्ये मिश्रले राजीनामा दिएपछि आयोगमा अब गुरुङसहित अर्का एक सदस्य विपीनराज निरौला मात्र कार्यरत छन् ।

आयोगमा आफ्नो फरक मत रहेको र सो मत राख्न नपाएको गुनासो गर्दै मिश्रले राष्ट्रपतिसमक्ष साउन १ गते राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ०४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६