भारतमा बिना इन्टरनेट टेलिभिजन हेर्न मिल्ने फोन आउँदै « Khabarhub

भारतमा बिना इन्टरनेट टेलिभिजन हेर्न मिल्ने फोन आउँदै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तेजस नेटवर्कसँग मिलेर दक्षिण कोरियाको खुशटेक कोरिया नामक विद्युतीय उपकरण निर्माता कम्पनीले इन्टरनेटबिना मोबाइलमै टेलिभिजन हेर्न मिल्ने फोन ल्याएको छ । खुशटेकले ‘डाइरेक्ट टू मोबाइल’ (डीटूएम) प्रविधिमा आधारित फोनको विकास गरेको हो ।

यस फोनमार्फत् इन्टरनेट वा वाइफाइ कनेक्सनबिनै टेलिभिजन च्यानल, ओटीटी भिडियो, अडियोका साथै टेक्स्टमा आधारित सूचना प्राप्त गर्न सकिनेछ । यस फोन टेलिभिजन च्यानलका लागि प्रयोग हुने तरङ्गमा आधारित हुने जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस फोनमा साङ्ख्य ल्याबको एसएल–३००० डीटूएम डिमोजुलर चिप प्रयोग गरिएको छ । यसले ४७०–६०८ मेगाहर्ज ब्रोडकास्ट ब्याण्डमा आधारित रही काम गर्ने एएनआईले उल्लेख गरेको छ ।

खुशटेकका प्रमुख कार्यकारी तथा संस्थापक एरिक शिनले यस फोनले चाँडै बीआईएस सर्टिफिकेसन प्राप्त गर्ने अपेक्षा गरिएको बताएका छन् । यसबाहेक डिटूएम प्रविधि प्रयोगको अनुमति लिन पनि बाँकी नै रहेको जनाइएको छ ।

उनले हालै भारतको आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशसँग भेटवार्ता गरी २ करोड अमेरिकी डलर लगानीमा डिटूएम फोन कारखाना स्थापना गर्ने संकेत दिइसकेका छन् । त्यसबाहेक आगामी ५ वर्षमा यस कम्पनीले ८ करोड डलर लगानी गर्ने अपेक्षा गरिएको छ । यससँगै भारतमा कम्पनीको कुल लगानी १० करोड डलर पुग्नेछ ।

उनले आन्ध्र प्रदेशमा नयाँ कारखाना खोल्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २५ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली