भारतमा बिना इन्टरनेट टेलिभिजन हेर्न मिल्ने फोन आउँदै « Khabarhub

भारतमा बिना इन्टरनेट टेलिभिजन हेर्न मिल्ने फोन आउँदै


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तेजस नेटवर्कसँग मिलेर दक्षिण कोरियाको खुशटेक कोरिया नामक विद्युतीय उपकरण निर्माता कम्पनीले इन्टरनेटबिना मोबाइलमै टेलिभिजन हेर्न मिल्ने फोन ल्याएको छ । खुशटेकले ‘डाइरेक्ट टू मोबाइल’ (डीटूएम) प्रविधिमा आधारित फोनको विकास गरेको हो ।

यस फोनमार्फत् इन्टरनेट वा वाइफाइ कनेक्सनबिनै टेलिभिजन च्यानल, ओटीटी भिडियो, अडियोका साथै टेक्स्टमा आधारित सूचना प्राप्त गर्न सकिनेछ । यस फोन टेलिभिजन च्यानलका लागि प्रयोग हुने तरङ्गमा आधारित हुने जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यस फोनमा साङ्ख्य ल्याबको एसएल–३००० डीटूएम डिमोजुलर चिप प्रयोग गरिएको छ । यसले ४७०–६०८ मेगाहर्ज ब्रोडकास्ट ब्याण्डमा आधारित रही काम गर्ने एएनआईले उल्लेख गरेको छ ।

खुशटेकका प्रमुख कार्यकारी तथा संस्थापक एरिक शिनले यस फोनले चाँडै बीआईएस सर्टिफिकेसन प्राप्त गर्ने अपेक्षा गरिएको बताएका छन् । यसबाहेक डिटूएम प्रविधि प्रयोगको अनुमति लिन पनि बाँकी नै रहेको जनाइएको छ ।

उनले हालै भारतको आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशसँग भेटवार्ता गरी २ करोड अमेरिकी डलर लगानीमा डिटूएम फोन कारखाना स्थापना गर्ने संकेत दिइसकेका छन् । त्यसबाहेक आगामी ५ वर्षमा यस कम्पनीले ८ करोड डलर लगानी गर्ने अपेक्षा गरिएको छ । यससँगै भारतमा कम्पनीको कुल लगानी १० करोड डलर पुग्नेछ ।

उनले आन्ध्र प्रदेशमा नयाँ कारखाना खोल्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : २५ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी