‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो « Khabarhub

‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसदहरूले हाल राष्ट्रियसभामा विचाराधीन बहुचर्चित संघीय निजामती विधेयकमा संशोधन हालेकोप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति प्रकट गरेका छन् ।

एमालेका पाँचजना सांसदहरूले उक्त विधेयकमा संशोधन प्रस्ताव हालेको सार्वजनिक भएपछि कोइरालाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् आपत्ति प्रकट गरेका हुन् ।

‘नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ’, उनले भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्रै नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका पनि हो ।’

कोइरालाले यसबारेमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने बताए । ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्विविधामा नपरे हुन्छ ।’

एमालेबाट राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका थिए । उनीहरूले निजामती सेवामा ‘कुलिङ पिरियड’ लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेका राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पाँचजना सांसदले विधेयकमा संशोधन हालेको बताएका छन् । सांसद सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र भट्टराईले पनि संशोधन हालेका हुन् ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ संशोधन प्रस्ताव परेका छन् ।

राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जनाएको छ । राष्ट्रियसभाका सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रबार ५ बजेसम्मलाई तोकिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ३१ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह