पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह « Khabarhub

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा यस्तो घटना सार्वजनिक भएको हो ।

सिन्ध प्रान्तको टान्डो अल्लाहयार जिल्लामा खेन्छी कोहली, लतादेवी मेघवड र मीना मेघवडलाई अपहरण गरी धर्मान्तरण गराएर जबरजस्ती विवाह गराएको घटना सार्वजनिक भएको हो । उनीहरुलाई विभिन्न स्थानबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन सँस्करणले जनाएको छ ।

पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । घटनाका आरोपीविरुद्ध पाकिस्तानी अपराध संहिता ३६५ बी र ३४ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको ट्रिब्युनले जनाएको छ ।

घटनाको विरोधमा सिन्धका हिन्दू समुदायले प्रदर्शन गरेका छन् । पछि प्रहरीले अपराधीलाई कारवाही गर्ने र अपहरणमा परेका बालिकालाई उद्धार गर्ने आश्वासन दिएपछि प्रदर्शन शान्त भएको जनाइएको छ ।

सिन्ध प्रान्तको मानव अधिकार आयोगका अध्यक्ष इकवाल अहमद डेथोले घटनाबारे निष्पक्ष अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : १७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र