अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी « Khabarhub

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ । पहिलो ओडिआई प्रतिस्पर्धा अन्तर्गत मंगलबार भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु मैदानमा अस्ट्रेलियालाई हराएको हो ।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए । उसका लागि एडेन मार्करामले ८३ रन जोड्दै सानदार अर्धशतक बनाए भने कप्तान टेम्बा बाभुमा ६५ रन म्याथ्यू ब्रेट्जकेले ५७ रन बनाए । उसले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २९६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि टेभिस हेडले चार विकेट लिए पनि त्यसले अफ्रिकालाई रोक्न सकेन ।

२९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया भने ४०.५ ओभरमा अलआउट हुँदा १९८ रनमा समेटिएको हो । कप्तान मिचेल मार्सले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान अफ्रिकासामु टिक्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशब महाराजले १० ओभर बलिङ गर्दा मात्र ३३ रन दिएर पाँच विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ०३ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन