अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी « Khabarhub

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ । पहिलो ओडिआई प्रतिस्पर्धा अन्तर्गत मंगलबार भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु मैदानमा अस्ट्रेलियालाई हराएको हो ।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए । उसका लागि एडेन मार्करामले ८३ रन जोड्दै सानदार अर्धशतक बनाए भने कप्तान टेम्बा बाभुमा ६५ रन म्याथ्यू ब्रेट्जकेले ५७ रन बनाए । उसले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २९६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि टेभिस हेडले चार विकेट लिए पनि त्यसले अफ्रिकालाई रोक्न सकेन ।

२९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया भने ४०.५ ओभरमा अलआउट हुँदा १९८ रनमा समेटिएको हो । कप्तान मिचेल मार्सले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान अफ्रिकासामु टिक्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशब महाराजले १० ओभर बलिङ गर्दा मात्र ३३ रन दिएर पाँच विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ६ : ०३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२