बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा | Khabarhub Khabarhub

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्ने गर्छन् ।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना एवं पूरा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो ।

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाएका छन् । उनले गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन् । मादल बनाउनका लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन् । ‘एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । मादल बनाउदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ’, उनले भने ।

मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्ने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन् । उनले मादल बेचेर वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी हुनेगरेको बताए । उनले भने, ‘सात जनाको परिवार यसैले पालेको छु ।’ एउटा मादल तीन हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।

हाल बल्चौरका कृष्ण बादी पनि मादल बनाउन व्यस्त छन् । तीजमा मादलको माग अधिक हुने भएकाले उनलाई पनि कामको चटारो छ । एक दशकदेखि मादल बनाउँदै आएका उनले वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको उनको दुखेसो छ ।

बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका –३ बल्चौरका रमेश बादीले बताए ।

लम्कीचुहा नगरपालिका– ३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ । (रासस)

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ५० बजे

जाडोमा च्यवनप्राश खाँदा के फाइदा ?

काठमाडौं– जाडोयाममा चिसो तथा रुघाखोकीसहित श्वासप्रश्वासजन्य स्वास्थ्य समस्याको जोखिम हुन्छ

कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त

काठमाडौँ – सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌

एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ

चितवन– नेकपा (एमाले) चितवन जिल्ला कमिटीको बैठकमा भ्रष्टाचार र अनियमिततामा

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेंवा खोला बेलिब्रिज उद्‌घाटन

पाँचथर– मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

एजेन्सी – अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह