लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’ | Khabarhub Khabarhub

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत रुपमा त्यहाँ सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उपल्लो मुस्ताङस्थित पर्खालले घेरिएको माटोको सहर लोमान्थाङको विगत र वर्तमान अवस्थामा भइरहेका विद्यमान परिवर्तित विकासलाई त्यहाँ पुग्ने पर्यटक माझ पस्किन लोमान्थाङका वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेका हुन् । त्यहाँ वडा सदस्य छेवाङले आफ्नो पूर्वजले बनाएको दुई सय वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित पुरानो दुईतलाको घरमा सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उपल्लो मुस्ताङमा बर्सेनि विदेशी पर्यटकले महँगो शुल्क तिरेर त्यहाँ जाने गर्छन । पछिल्लो समय सडक सहज भइसकेकाले नेपाली स्वदेशी पर्यटक उल्लेख्य मात्रामा उपल्लो मुस्ताङ घुम्न पुग्छन् । त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लोमान्थाङको ऐतिहासिकता, धर्म, संस्कृति र परम्पराको बारेमा खासै जानकारी हासिल गर्न सक्दैनन् । यसर्थ उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई त्यहाँ पर्खालले घेरिएको लोमान्थाङको पर्याप्त जानकारी उपलब्ध गराउने उद्देश्यले वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेको बताउँछन्।

सन् १९९२ पछि उपल्लो मुस्ताङमा धेरै विकासका नमूना कोरिएको सङ्ग्रहालय सञ्चालन छेवाङले उल्लेख गरे । 

‘यहाँ पाँच सय वर्षमा हुन नसकेको विकास पछिल्लो ३० वर्षमा भएको छ’, यहाँ सडक, बिजुली, इन्टरनेटका सुविधा जोडिएका छन्’, सञ्चालक वडा सदस्य छेवाङले थपे’, यहाँ लोमान्थाङको पहिलेको जीवनशैली र वर्तमानको जीवनशैलीलाई अहिलेको पुस्तालाई देखाउन र पर्यटकलाई परिवर्तित लोमान्थाङको सचित्र उजागर गर्ने गरी सङ्ग्रहालयमा त्यसका तस्बिरहरू राखिएको छ ।’

पर्खालले घेरिएको लोमान्थाङभित्र दर्जनौँ पुराना ढुङ्गा र माटोले बनेका ऐतिहासिक गुजमुच्च एकआपसमा जोडिएका परम्परागत घर अवस्थित छन् । त्यही पुराना घरहरूमा त्यहाँ जाने पर्यटकले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडा सदस्य छेवाङको भनाइ छ ।

 लोमान्थाङमा आधुनिक घरहरू निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआईपी होटलहरू सञ्चालनमा रहेको उनले बताए। यहाँ सङ्ग्रहालयमा पर्यटकलाई विगत र वर्तमान लोमान्थाङको परिवर्तित अवस्थालाई म्युजिक अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने बताए।

सङ्ग्रहालयमा यहाँको हिउँदयाम र बर्खायाममा हुने मौसम परिवर्तन र जीवनशैलीको थुप्रै तस्बिरहरू सङ्ग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि, पशुपालक, चाडपर्व, ऐतिहासिक तथा धार्मिक सम्पदाको तस्बिर ग्यालरी सङ्ग्रहालयमा पुगेर अवलोकन गर्न पाइने वडा सदस्य छेवाङले बनाए।

 लोमान्थाङको ऐतिहासिक तिजी र यार्तुङ लगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकालाई सङ्ग्रहालयमा समेटिएको उनले बताए।

‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकले सङ्ग्रहालयबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ”, यसले यहाँ आइपुग्ने पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्नेका लागि सङ्ग्रहालय उपयोगी बन्न सक्नेछ’, उनले भने।

छेवाङले सङ्ग्रहालयभित्र सदियौँ वर्ष पहिले प्रयोग हुने भाडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार, पूजाका सामग्रीलगायत समान सजाइएका छन् । निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पुख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक हुन्। उनी लोमान्थाङ–५ को वडा सदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि लागि परेका छन् ।

गाउँठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरुले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडा सदस्य छेवाङ बताउँछन्। उनले सङ्ग्रहालयमा उपल्लो मुस्ताङ लेण्ड स्कीप तस्बिर र जैविक विविधतालगायत तस्बिर ग्यालरी राखेको बताउँछन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ आउने पर्यटकले लोमान्थाङको विगत र वर्तमान अवस्था, मुस्ताङी राजाको दरबार, साँघुरो गल्ली, पर्खालले घरिएको माटोको सहर लोमान्थाङ, यहाँका गुम्बा, मार्ने, छोर्तेनलगायत तस्बिर सङ्ग्रहालयभित्र राखिएको छेवाङले बताए।

 छेवाङले भदौ १ गतेदेखि लोमान्थाङमा सङ्ग्रहालय स्थापना गर्नु भएको हो । त्यसो त लोमान्थाङमा आमची घ्याचो बिष्टको आयुर्वेद संग्रालय पनि छ । छेवाङले स्थापना गरेको संग्रालय परिवारका सदस्यहरुले आलापालो गरी चलाउने गरेको जानकारी दिए । यहाँ संग्रालय अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्क वापत दुई सय रुप शुल्क उठाउन गरेको वडासदस्य छेवाङले बताए ।

तर, स्कुल  र क्याम्पसमा पढ्ने विद्यार्थीहरुका लागि परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउँने व्यवस्था गरिएको वडा सदस्य छेवाङको भनाइ छ । सङ्ग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ०८ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि