विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ « Khabarhub

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्ने तर, केन्द्रीय कार्यसमिति चयन गर्न नमिल्ने बताएका छन् । 

निर्वाचन आयोगमा शेरबहादुर देउवाको पक्षबाट आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्न जाने क्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता लामाले सो तर्क गरेका हुन् ।

‘उहाँले आफ्नो मान्छे बोलाएर कार्यसमिति बनाउन मिल्छ, मैले पनि अहिले १०-५० जना मान्छे बोलाएर उपसभापति तँ, सभापति तँ भन्न व्यक्तिगत मिल्छ तर, कानुनले मिल्दैन’, उनले भने, ‘नेपाली कांग्रेसको कानुनले मिल्दैन, विधानमा मिल्दैन ।’

विशेष महाधिवेशन त विधानअनुसारको थियो भन्ने पत्रकारको प्रश्नमा नेता लामाले ‘त्यो विधान बोलाउन पाउने विधान हो तर, यस्तो कार्यसमिति छान्ने विधान होइन’, भने ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : ३८ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा