अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो « Khabarhub

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
 
पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

काठमाडौँबाट  दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि  बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए । 

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा  पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ । 
 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ४८ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर