कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत « Khabarhub

कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अगाडि बढिरहेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले गठबन्धन गरेर सरकार सञ्चालन गरिरहेका कांग्रेस–एमाले दुईदलीय व्यवस्थाउन्मुख ‘मिसन’मा रहेको आरोप लगाएका हुन् ।  

सांसद बस्नेतले नेपालमा कांग्रेस–एमालेको दुईदलीय अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा उपयुक्त नभएको पनि जिकिर गरे । 

‘प्रमुख सत्तारूढ दुई दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुबर्गीय सांस्कृतिक, सामाजिक र भौगोलिक हिसाबले विवितायुक्त समाजमा यो दुई दलीय अवधारणा न त सैद्धान्तिक रूपमा ठीक छ, न त व्यवहारिक ढंगले उपयुक्त हुन्छ,’ उनले भने । 

सांसद बस्नेतले कांग्रेस–एमालेको दुईदलीय ‘मिसन’लाई जनताले पूरा हुन नदिने पनि दाबी गरे ।

 ‘यो उहाँहरूको दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला । र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नु हुनेछ, त्यो उहाँहरूले नै सोचिरहनुभएको होला । तर, नेपाली जनताले उहाँहरूको यो मिसन पूरा गर्न दिने छैनन्,’ बस्नेतले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ५० बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न