प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख « Khabarhub

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बनियानी– यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लागेका छन् । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उनले कृषिलाई अँगालेका हुन् । 

विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताए  । 

उनले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गरे। 

दुई वर्षको अवधिमा उनले ड्रागन फ्रुटखेतीबाट वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्न थालेका बताउँदै भने, ‘कुरिलोखेतीले तीन वर्षमा दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी दिएको छ ।’

कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताए  । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उनको भनाइ छ । ‘अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्’, उनले भने, ‘तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।’

बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताए । ‘स्थानीय बजारको अभाव छ’, उनले भने, ‘उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ ।’ उनले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पुर्‍याउनुपर्ने बाध्य रहेको उल्लेख गरे ।

गौतमले ५० वटा आभोकाडोका बिरुवा परीक्षणका रूपमा रोपेका छन् । यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उनको बुझाइ छ । कृषिलाई थप व्यावसायिक बनाउन उनले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताए  ।

कुरिलो फागुनदेखि सुरु भई करिब छ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ । माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उनले बताए । कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उनले जोड दिए । 

प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहेका छन् । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : १७ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन