प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख | Khabarhub Khabarhub

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बनियानी– यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लागेका छन् । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उनले कृषिलाई अँगालेका हुन् । 

विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताए  । 

उनले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गरे। 

दुई वर्षको अवधिमा उनले ड्रागन फ्रुटखेतीबाट वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्न थालेका बताउँदै भने, ‘कुरिलोखेतीले तीन वर्षमा दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी दिएको छ ।’

कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताए  । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उनको भनाइ छ । ‘अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्’, उनले भने, ‘तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।’

बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताए । ‘स्थानीय बजारको अभाव छ’, उनले भने, ‘उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ ।’ उनले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पुर्‍याउनुपर्ने बाध्य रहेको उल्लेख गरे ।

गौतमले ५० वटा आभोकाडोका बिरुवा परीक्षणका रूपमा रोपेका छन् । यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उनको बुझाइ छ । कृषिलाई थप व्यावसायिक बनाउन उनले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताए  ।

कुरिलो फागुनदेखि सुरु भई करिब छ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ । माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उनले बताए । कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उनले जोड दिए । 

प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहेका छन् । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : १७ बजे

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको