सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ « Khabarhub

सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त कमैया परिवारले पाएको जग्गाधनी पुर्जा (लालपुर्जा)लाई अन्य नेपाली नागरिक सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले मुक्त कमैया परिवारले प्राप्त गरेको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गरेर आम नेपाली सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । 

बाँके–१ का सांसद ढकालको भनाइ जस्ताको त्यस्तै– 

छोरा र नातिले हामी गरिब र मुक्त कमैया भएकै कारणले राज्यले विभेद गरिरहेको छ भनिरहेका छन् । राज्यले विभेद गर्न पाइँदैन । त्यसकारण आजभन्दा १८ वर्ष अगाडि मुक्त कमैयाहरूले प्राप्त गरेको लालपुर्जा अरू नेपालीले सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । 

सरकारले विभिन्न समयमा मुक्त कमैयाहरूलाई आयोगहरूमार्फत जग्गाधनी लालपुर्जा उपलब्ध गराएको थियो । उपलब्ध गराएको लालजुर्पामा लेखिएको छ– उक्त जग्गा १० वर्षसम्म बिक्रीवितरण, अंशबण्डा, बैंकिङ कारोबार गर्न पाइने छैन । 

कुनै लालपुर्जामा वर्ष तोकिएको छैन । उक्त लालपुर्जा प्राप्त गरेको आज १८ वर्षभन्दा बढी भइसकेको छ । १८ वर्षमा सोभ, जीवनशैली, पारिवारिक स्थिति र चेतनामा धेरै परिवर्तन आइसकेको छ । 

उमेर पुगेको कारणले कतिका बुवा र आमाको मृत्यु भइसकेको अवस्था छ । छोराछोरीको विवाह भएर नाती–नातिना जन्मिसकेका छन् । तर, बाबुको नाममा भएको जग्गा नामसारी, अंशबण्डा र बैंकमा धितो राखेर कारोबार गर्न पाइँदैन । 

छोरा र नातीले हामी गरिब र मुक्त कमैया भएकै कारणले राजयले विभेद गरिरहेको छ भनिरहेका छन् । राज्यले विभेद गर्न पाइँदैन । त्यसकारण आजभन्दा १८ वर्ष अगाडि मुक्त कमैयाहरूले प्राप्त गरेको लालपुर्जा अरू नेपालीले सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : १२ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय