टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट « Khabarhub

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक बनाएको छ। नेपालले यसअघिको खेलमा हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो ।

 मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे। २२ बल खेलेका उनले २ चौका र १ छक्का हाने। जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके ।

नेपालका लागि सोमपाल कामी चम्किए । उनले सर्वाधिक ५ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले १७ रन दिएर मेलबर्नलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट लिए । शहाब आलम र रुपेश सिंहले १/१ विकेट लिए ।

यसअघि डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : ४८ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै