उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा « Khabarhub

उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताइन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताइन् । 

बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कार्यको राप्रपाले विरोध गर्ने उनले बताइन्  ।

उनले भिजिट भिसाको धन्दा चलाउनेलाई सरकारले संरक्षण गरेको तर सिफारिस पत्रमा हस्ताक्षर गर्ने उपसभामुखलाई महाअभियोग लगाउने काम उचित नभएको जिकिर गरिन् । सांसद कार्कीले धारणा राखिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरे ।

उनले एमाले सांसदमाथि लाञ्छना लगाउँदै गाल गलौच भएको भन्दै आपत्ति जनाए  । कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउन उनले माग गरे । 

सांसद थापाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै सांसद कार्कीलाई बोल्न समय दिए । त्यसपछि सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन् ।

उनले अहिले सत्ता गठबन्धनमा रहेका साना दललाई समेत कांग्रेस–एमालेबाट सचेत हुन सुझाव दिइन् । उपसभामुखलाई हटाउने प्रयासका कारण कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ३० बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर