इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन « Khabarhub

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई पूरा गर्न करिब ६० हजार जगेडा सैनिकलाई बोलाउने अनुमति दिएका छन् ।

एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेअनुसार रक्षामन्त्री काट्जको यो कदम गाजामा झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा युद्धविरामका लागि दबाब दिइरहेका मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्तावमा आधिकारिक इजरायली प्रतिक्रियाको प्रतीक्षा भइरहेका बेला आएको हो ।

मध्यस्थकर्ता कतारले पछिल्लो प्रस्तावमा सावधानीपूर्वक आशावाद व्यक्त गरेको भए पनि एक वरिष्ठ इजरायली अधिकारीले सरकार कुनै पनि सम्झौतामा सबै बन्धकको रिहाइमा अडिग रहेको स्पष्ट पारेका छन् ।

हमासले स्वीकृत गरेको ढाँचामा प्रारम्भिक ६० दिनको युद्धविराम, चरणबद्ध बन्धकहरूको रिहाइ, केही प्यालेस्टिनी कैदीहरूको रिहाइ तथा गाजामा सहायताको प्रवेशका लागि अनुमति दिने प्रावधान समावेश गरिएको छ ।

इजरायल र हमासबीच युद्धभरि अप्रत्यक्ष वार्ता हुँदै आएको छ । वार्ताका क्रममा प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ भएको थियो ।

पछिल्लो युद्धविराम प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि आएको हो । यसले पहिले नै विनाशकारी भइसकेको मानवीय सङ्कटलाई अझ गम्भीर बनाउने चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको समर्थनमा कतार र इजिप्टले शटल कूटनीतिको बारम्बार चरणहरू मध्यस्थता गर्दै आएका छन् ।

कतारले पछिल्लो प्रस्ताव इजरायलले सहमति जनाइसकेको अघिल्लो संस्करणसँग ‘लगभग समान’ रहेको बताएको छ भने इजिप्टले सोमबार ‘अब बल इजरायलको कोर्टमा छ’ भन्दै टिप्पणी गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन, तर गत हप्तामात्र उनले आफ्नो देशले ‘सबै बन्धकलाई एकैचोटि र युद्धको अन्त्यका लागि आफ्ना सर्तअनुसार रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए ।

हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमार्फत आफ्नो समूहले ‘सम्झौतामा पुग्ने सम्भावनाका लागि ढोका फराकिलो खोलेको’ बताए तर नेतान्याहुले विगतमा जस्तै यसलाई फेरि बन्द गर्ने सम्भावनाबारे प्रश्न उठाए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ३८ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग