काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी | Khabarhub Khabarhub

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ ।

प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त सुभाष बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । 

उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा सार्वजनिक संरचना, मिश्रित आवासीय, सभा तथा सम्मेलन भवन, सांस्कृतिक तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेजलगायत भौतिक संरचना निर्माण गर्न प्राधिकरणबाट अनिवार्य योजना अनुमति लिनुपर्ने प्रावधान भए पनि विभिन्न निकाय र व्यक्तिले अनुमति नलिई अवैध रूपमा निर्माण गर्दै आइरहेका पाइएको छ ।

आयुक्त बस्नेतले आम उपभोक्ता तथा नागरिकलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको योजना अनुमतिबिना बिक्री वितरणमा राखिएका घडेरी वा संरचना कानुनी रूपमा अवैध हुने भएकाले त्यसबाट पर्न सक्ने कानुनी झमेलाबारे सचेत रहन आग्रह गरे ।

कानुनी प्रक्रिया पूरा नगरेका ‘रियल स्टेट’ कम्पनी वा मापदण्ड नपुगेका व्यक्तिबाट बिक्रीमा राखिएका घडेरी तथा अवैध कित्ताकाटसम्बन्धी विज्ञापन प्रकाशित नगर्न उनले सञ्चारमाध्यमलाई अनुरोध गरे । साथै, स्वीकृतिबिना गरिएको अवैध कित्ताकाटमा कडाइका साथ कारबाही गरिने प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ५० बजे

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक