आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर पाएको सत्ताको कुनै अर्थ छैन : गगन थापा « Khabarhub

आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर पाएको सत्ताको कुनै अर्थ छैन : गगन थापा


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताएका छन् । 

बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद सिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले चुनाव जितेर सत्तामा जाने आकाङ्क्षालाई स्वाभाविक रूपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताएका हुन् ।

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससँग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उनको भनाइ छ ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राखे । उनले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भए पनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिए । 

थापाले कांग्रेस देशको महत्त्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : २४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली