‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’ « Khabarhub

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता आर्थिक हैसियतका आधारमा वितरण गर्नुपर्नेमा जोड दिएका छन्  । 

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधेयक समितिको आजको बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘नेपालमा २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ, सामाजिक सुरक्षा भत्ता पहिला उनीहरूलाई दिनुपर्छ, उद्योगपति विनोद चौधरीको आमाबाबुलाई किन भत्ता दिनुपर्‍यो ?, मेरो आमाबुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता चाहियो, त्यसकारण आर्थिक रूपमा सम्पन्न होइन, विपन्नलाई आधार मानेर मात्र भत्ता दिनुपर्छ ।’

धनी वा गरिब सबैलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने उनको भनाइ छ । मन्त्री सुडीले राज्यको आर्थिक अवस्थाको आकलन नगरीकन आफूले जश लिनेगरी सबै राजनीतिक पार्टीले आफ्नो सरकारको पालामा अन्धाधुन्द सामाजिक भत्ता बढाउने गरेको पनि बताए  ।

‘आहिले सामाजिक सुरक्षाको बजेट खर्बमा छ, के यो राज्यले धान्न सक्छ ?, खाली आफ्नो पार्टीको हकहितका लागि १०० रुपैयाँदेखि सुरु भयो, मेरो पार्टी सरकारमा आएपछि दुई सय रुपैयाँ भयो, अर्को पार्टी आयो पाँच सय रुपैयाँ, फेरि अर्को पार्टी सरकारमा आयो एक हजार, फेरि अर्को पार्टी आयो चार हजार रुपैयाँ, त्यसैले नेपालको आर्थिक अवस्थाले यो धान्न सक्दैन, सक्दै सक्दैन’, उनले भने । 

विश्वको आर्थिक समृद्धिमा तेस्रो स्थानमा रहेको भारतले सामाजिक सुरक्षा भत्तास्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ मात्र दिने गरेको उदाहरण पनि दिए  ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ४९ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार