धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ « Khabarhub

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कैलाली– विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजा आराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ । 

धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताए । विश्वकर्मा पूजाका लागि फरक फरक स्वरूपका कलात्मक मूर्ति बनाउन उनलाई  हिजोआज भ्याइनभ्याइ छ । 

माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताए । 

‘पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ । मूर्तिलाई प्रतिस्थापना गरेर पूजा अर्चना गर्ने प्रचलन छ’, उनले भने, ‘बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्दै सहज हुन्छ ।’

मूर्तिकार शाहले हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताए । उनका अनुसार प्रतिमूर्ति पाँच हजारदेखि १० हजारसम्ममा बिक्री हुन्छ । जसमध्ये ५० प्रतिशत फाइदा हुने उनको भनाइ छ ।

ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गरे । ‘एउटा मूर्ति बनाउन झन्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अँगाल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, बडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु’, उनले भने ।  

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिए । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादीक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए । 

स्थानीय सरकारले कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका लागि मूर्तिकारलाई आर्थिक सहयोग, सीपमूलक तालिमलगायतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : ४२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक