बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत « Khabarhub

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । 

मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएका बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे।

‘सङ्घीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह छन्, चार वटा गैरसरकारी संस्थाबाट सञ्चालन भएका छन्’, उनले भने, ‘बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न विधेयक ल्याइएको हो । बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था हुनेछ ।’

छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विमला सुवेदी, सुशीला सिर्पाली ठकुरी, भगवती चौधरी, सराज अहमद फारुकी, ज्ञानु बस्नेत सुवेदी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा, बिजुला रायमाझी, विद्या भट्टराई, हर्कमाया विश्वकर्मा, प्रेम सुवाल, प्रतिमा गौतम, सपना राज भण्डारी र प्रेमबहादुर महर्जनले भाग लिएका थिए। 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ३५ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली