रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता « Khabarhub

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय दलको नेता बनेकी छन् ।

यसअघिका दलका नेता गंगाराम चौधरीलाई हटाउँदै रञ्जिता आफैंलाई दलको नेता तोकेकी हुन् ।

उनले बुधबार सभामुख देवराज घिमिरेलाई लेखेको पत्रमा यसअघिका दलको नेता गंगाराम चौधरीले पार्टी हितविपरीत कार्य गरेकाले विधान बमोजिम स्पष्टीकरण सोध्दा सन्तोषजनक जवाफ प्राप्त नभएको जनाएकी छन् ।

गंगारामलाई पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने साउन ३० गते कारबाही गरेकाले रिक्त संसदीय दलको नेताको भूमिका नागरिक उन्मुक्तिको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले निर्वाह गर्ने जानकारी उनले दिएकी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखिकरण गर्नसमेत उनले संसद सचिवालयलाई भनेकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीले गत जेठ ७ गते कारबाही गरेको भोलिपल्ट श्रेष्ठले गंगारामलाई विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी थिइन् ।

श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिनाकुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णय गरेको पाइएको बताएकी थिइन् । उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी थिइन् । त्यसपछि उनले बुधबार गंगारामलाई दलको नेताबाट हटाएर आफैं जिम्मेवारी लिएकी हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ