भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल « Khabarhub

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच बुधबार नयाँ दिल्लीमा सौहार्द्रपूर्ण भेटवार्ता सम्पन्न भएको छ । 

उक्त वार्तामा दुबै देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।

प्रधानमन्त्री मोदीले भारत र चीनबीच आपसी समझदारी र विश्वास बढाउँदै विभिन्न क्षेत्रहरूमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले सीमासम्बन्धी मुद्दाहरूलाई शान्तिपूर्ण संवादद्वारा समाधान गर्दै यस्ता विषयहरूले द्वन्द्वको रूप नलिने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

चीनका विदेशमन्त्री वाङ यीले आफ्नो भारत भ्रमणलाई भविष्यमा उच्चस्तरीय संवाद र सहयोगका लागि मार्ग प्रशस्त गर्ने अवसरका रूपमा लिँदै, दुबै पक्षले विभिन्न क्षेत्रमा संवाद संयन्त्र पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिए । उनले चीन भारतसँग आपसी हितमा आधारित सहयोगलाई अझ सशक्त बनाउन पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : ३८ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर