काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरूको विशेष भूमिका रहेको बताएका छन् ।
नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले बुधबार नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरूको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गरे ।
‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने, ‘विशेष गरी दिदिबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नबिर्सीकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’
चेलीबेटीहरूले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उहाँले तीज मनाउँदा यसको मौलिकता बिर्सन नहुनेमा जोड दिए ।
उनले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे ।
उपप्रधानमन्त्री सिंहले तीज महिलाहरूका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए । उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरूको भूमिका बिर्सन नहुने पनि बताए ।
‘पुरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरू सजग हुनुपर्छ,’ उनले भने । ने
पाल महिला संघकै कारण महिलाहरूको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको पनि महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिए ।
कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया