नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने « Khabarhub

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्न लागिएको जनाएको हो । 

इन्धन डिपो निर्माणका लागि काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपिआर निगमलाई हस्तान्तरण समेत गरिएको छ ।

परियोजनाको ११ विघा जमिन खरिद गरिएको र थप साढे ८ बिगाहा पर्ती जग्गालाई निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत पहल भइरहेको निगमले जनाएको छ । 

उक्त परियोजनाका लागि कर बाहेक कुल ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ ५६ पैसा लागत अनुमान गरिएको नेपाल आयल निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप कुमार यादवले बताए  । निर्माण हुने नयाँ डिपो अत्याधुनिक र सुविधा सम्पन्न हुने उनले जानकारी दिए । 

हाल रुपन्देहीको भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल  ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ । 

नयाँ बन्ने डिपोमा ४५०० किलोलिटर क्षमताका तीन वटा डिजेलको भर्टिकल ट्याङ्क, २१०० किलोलिटर क्षमताका २ वटा तथा ७६० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्क र ७६ किलोलिटरमा ३ वटा मट्टितेलका भर्टिकल ट्याङ्क रहने निगमले जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : २७ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार