अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार « Khabarhub

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ ।

मंगलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष खतरा सूचक (डी जोखिम संकेत) प्रयोग गरेको हो ।

यससँगै बर्मा, इरिट्रिया, इरान, निकारागुवा, उत्तर कोरिया, रुस र भेनेजुएला पनि त्यस्ता देशहरूमा परेका छन्, जहाँ अमेरिकाका नागरिकहरू जोखिममा पर्ने सम्भावना रहेको जनाइएको छ ।

खामा प्रेसका अनुसार, तालिवान पक्षद्वारा केही अमेरिकी नागरिकहरूलाई पक्राउ गरिएको घटनापछि अमेरिकाको चिन्ता झन् बढेको छ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि हालतमा अफगानिस्तान नजान आग्रह गर्दै, यात्रा योजनामा पुनर्विचार गर्न भनिएको छ ।

मन्त्रालयले यसअघि नै अफगानिस्तानमा आतङ्कवाद, अपहरण, गृह अशान्ति र मनपरी गिरफ्तारी जस्ता बहुपक्षीय खतरा रहेको उल्लेख गर्दै यात्रा चेतावनी जारी गरिसकेको थियो । सन् २०२१ यता अमेरिकाको काबुलस्थित दूतावास बन्द भएकाले त्यहाँ कन्सुल सेवा उपलब्ध नभएको पनि स्मरण गराइएको छ ।

यसका साथै, अमेरिकाले केन्यामा पनि आतंककारी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। ती समूहहरूले होटल, बजार, धर्मस्थल, विद्यालयलगायत विदेशीहरूको आवतजावत हुने स्थानहरूमा कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : ५७ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित