भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव « Khabarhub

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा राखेमा उनीहरूलाई हटाउने विधेयक बुधबार प्रस्तुत गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका केही विरोधीहरूले हालैका वर्षहरूमा आपराधिक अनुसन्धान वा मुद्दाको सामना गर्नुपरेको छ, जसमा गत वर्ष दुई राज्यका मुख्यमन्त्रीहरू पनि परेका छन्।

पक्राउ पर्नेमा राजधानी दिल्लीका तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले रक्सीको लाइसेन्स वितरणबाट घूस लिएको आरोपमा कैयौँ महिना जेल बस्नुपरेको थियो । 

यद्यपि, उनले कुनै पनि गलत कामको खण्डन गरेका छन् र आरोपहरूलाई उहाँले प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) सरकारको ‘राजनीतिक प्रतिशोध’को रूपमा चित्रण गरेका छन् । 

झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई भ्रष्टाचारको आरोपमा सन् २०२४ फेब्रुअरीमा गिरफ्तार गरी जेल चलान गरिएको थियो ।

विधेयक प्रस्तुत गर्ने भारतीय गृहमन्त्री अमित शाहले सरकार ‘नैतिकताको मूल्य वृद्धि होस्’ भन्ने चाहेको बताएका छन् । 

विधेयकमा पाँच वर्ष वा सोभन्दा बढी जेल सजाय हुने कसुरमा एक महिना हिरासतमा राखिएमा राजनीतिज्ञलाई मन्त्री पदबाट हटाउन बाध्य पारिनेछ ।

निर्वाचन सुधारका लागि काम गर्ने संस्था ‘इन्डियाज एसोसिएसन अफ डेमोक्र्याटिक रिफम्र्स’ले ५४३ जना निर्वाचित राष्ट्रिय सांसदमध्ये करिब आधामाथि आपराधिक मुद्दा रहेको जनाएको छ ।

ती २१५ घटनामध्ये १७० मा बलात्कार, हत्या, ज्यान मार्ने प्रयास र अपहरणजस्ता गम्भीर अभियोग लगाइएको छ ।

यद्यपि, भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादीका जोन ब्रिटासले भने, ‘भारतमा ‘प्रतिशोधपूर्ण राजनीतिको युगमा यो विधेयक कार्यान्वयनमा आएमा विपक्षी नेताहरूविरुद्ध केन्द्रीय निकायहरू तैनाथ गरिनेछ र प्रावधानहरू गलत उद्देश्यका लागि दुरुपयोग गरिनेछ।’

पश्चिम बङ्गालराज्यकी मुख्यमन्त्री ममता बेनर्जीले भने,  ‘प्रस्तुत विधेयक ‘न्यायिक जाँचलाई मौन राख्ने, संवैधानिक सुरक्षाहरू भत्काउने र जनताको अधिकार कुण्ठित गर्ने नियम स्थापित गर्ने डरलाग्दो प्रयास’ हो।’

“यो कठोर कदम भारतमा लोकतन्त्र र सङ्घीयताका लागि ‘मृत्युको घण्टी’को रूपमा आएको छ,” विपक्षी दलकी समेत नेता रहेकी बनर्जीले भने । 

अमेरिकी थिंक ट्यांक फ्रिडम हाउसले गत वर्ष मोदीको भाजपाले ‘राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन सरकारी संस्थाहरूको बढ्दो प्रयोग’ गरेको बताएको थियो ।
 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ४४ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा