गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग « Khabarhub

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मुछिएको भनिए गौर हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग गरेको छ।

बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा थापागाँउस्थित कार्यालयमा बसेको बैठकले यस्तो माग गरेको हो । बैठकले गौर घटना र रूपन्देही ३ को उपनिर्वाचनबारे निर्णयहरु गरेको छ।

बैठकले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको राजनीतिक भिडन्तसँग सम्बन्धित घटनाको छानबिनबारे सर्वोच्च अदालतले दिएको हालको परमादेशप्रति ध्यानाकर्षण गराएको छ।

मोर्चाले सफा नियत, तटस्थता, कानूनसम्मत र सबैलाई दायरामा ल्याएर छानबिन गरिए कसैले आपत्ति नजनाउने स्पष्ट गरेको छ। तर तथ्य तोडमोड, एकपक्षीय प्रचार र राजनीतिक प्रतिशोध देखिए कडा विरोध गर्ने चेतावनी मोर्चाले दिएको छ।

मोर्चाले यसअघि सरकारद्वारा गठित छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएको छ। मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा आयोगका प्रतिवेदनमा स्पष्ट उल्लेखित जिम्मेवार निकायको भूमिका, हिंसात्मक प्रहार सुरु गर्ने पक्ष र गैरजिम्मेवारीपनका कारणबारे गम्भीर प्रश्न उठाइएको छ।

त्यसैगरी, बैठकले रूपन्देही क्षेत्र नं. ३ को आगामी उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार छान्ने जिम्मेवारी दिने निर्णय गरेको छ। चुनावी प्रचारप्रसार र परिचालनको विशेष जिम्मेवारी मोर्चा सचिवालयलाई दिइएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ८ : ३४ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा