गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग « Khabarhub

गौर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मुछिएको भनिए गौर हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग गरेको छ।

बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा थापागाँउस्थित कार्यालयमा बसेको बैठकले यस्तो माग गरेको हो । बैठकले गौर घटना र रूपन्देही ३ को उपनिर्वाचनबारे निर्णयहरु गरेको छ।

बैठकले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको राजनीतिक भिडन्तसँग सम्बन्धित घटनाको छानबिनबारे सर्वोच्च अदालतले दिएको हालको परमादेशप्रति ध्यानाकर्षण गराएको छ।

मोर्चाले सफा नियत, तटस्थता, कानूनसम्मत र सबैलाई दायरामा ल्याएर छानबिन गरिए कसैले आपत्ति नजनाउने स्पष्ट गरेको छ। तर तथ्य तोडमोड, एकपक्षीय प्रचार र राजनीतिक प्रतिशोध देखिए कडा विरोध गर्ने चेतावनी मोर्चाले दिएको छ।

मोर्चाले यसअघि सरकारद्वारा गठित छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएको छ। मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा आयोगका प्रतिवेदनमा स्पष्ट उल्लेखित जिम्मेवार निकायको भूमिका, हिंसात्मक प्रहार सुरु गर्ने पक्ष र गैरजिम्मेवारीपनका कारणबारे गम्भीर प्रश्न उठाइएको छ।

त्यसैगरी, बैठकले रूपन्देही क्षेत्र नं. ३ को आगामी उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार छान्ने जिम्मेवारी दिने निर्णय गरेको छ। चुनावी प्रचारप्रसार र परिचालनको विशेष जिम्मेवारी मोर्चा सचिवालयलाई दिइएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : ३४ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र