एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित « Khabarhub

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दा आठ विकेट गुमाएर दिएको १८८ रन बनायो । १८९ रनको लक्ष्य पछ्याएको ओमानले पूरै २० ओभर खेल्दै मात्र चार विकेट गुमाएर १६७ रन बनाएको हो । भारतविरुद्ध ओमानको यो खेलको चर्चा विश्व क्रिकेटमा भएको छ । ओमानले भारतविरुद्ध दुई वटा अर्धशतक बनाएपछि यसको चर्चा थप चुलिएको हो ।

भारतका लागि ओपनर सुभमल गिल सस्तैमा समेटिएपछि अभिषेक शर्माले १५ बलमा ३८ रन हिर्काए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । भारतका लागि सुस्त गतिमा ब्याटिङ गरेका तेस्रोक्रमका सञ्जु सामसनले ४१ बलमा अर्धशकत बनाए । उनले ४५ बलको सामना गर्दै ५६ रन बनाएका हुन् । भारतका लागि उनले टिकेर खेले पनि अन्तिम तीन ओभरमा भारतले मात्र २१ रन जोडेको थियो ।

भारतविरुद्धको ओमानको बलिङसमेत चर्चा योग्यो थियो । ओमानका फैसला शाह, जितेन रमनन्दी र आमिर कलमीले समान दुईदुई विकेट हात पारे ।

१८९ रनको चुनौती पाएको ओमानको भारतविरुद्धको जवाफी ब्याटिङ आकर्षक थियो । उसका लागि आमिर कलिम र हम्माद मिर्जाले अर्धशतक बनाए । ४६ बलको सामना गरेका कलिमले भारतविरुद्ध ६४ रन हिर्काउँदै आकर्षक ब्याटिङ गरे । अर्का ब्याट्सम्यान मिर्जाले ३३ बलमा ५१ रन जोडे । उसका लागि कप्तान जतिन्द्र सिंहले ३२ रन थपे ।

भारतका हार्दिक पाण्डया,आर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एकएक विकेट हात पारे । यो जितसँगै अपराजित भारत भारत ६ अंकका साथ समूह ‘ए’को विजेता बन्दै सुपरा फोमा पुगेको छ । ओमान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ३९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी