एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित « Khabarhub

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दा आठ विकेट गुमाएर दिएको १८८ रन बनायो । १८९ रनको लक्ष्य पछ्याएको ओमानले पूरै २० ओभर खेल्दै मात्र चार विकेट गुमाएर १६७ रन बनाएको हो । भारतविरुद्ध ओमानको यो खेलको चर्चा विश्व क्रिकेटमा भएको छ । ओमानले भारतविरुद्ध दुई वटा अर्धशतक बनाएपछि यसको चर्चा थप चुलिएको हो ।

भारतका लागि ओपनर सुभमल गिल सस्तैमा समेटिएपछि अभिषेक शर्माले १५ बलमा ३८ रन हिर्काए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । भारतका लागि सुस्त गतिमा ब्याटिङ गरेका तेस्रोक्रमका सञ्जु सामसनले ४१ बलमा अर्धशकत बनाए । उनले ४५ बलको सामना गर्दै ५६ रन बनाएका हुन् । भारतका लागि उनले टिकेर खेले पनि अन्तिम तीन ओभरमा भारतले मात्र २१ रन जोडेको थियो ।

भारतविरुद्धको ओमानको बलिङसमेत चर्चा योग्यो थियो । ओमानका फैसला शाह, जितेन रमनन्दी र आमिर कलमीले समान दुईदुई विकेट हात पारे ।

१८९ रनको चुनौती पाएको ओमानको भारतविरुद्धको जवाफी ब्याटिङ आकर्षक थियो । उसका लागि आमिर कलिम र हम्माद मिर्जाले अर्धशतक बनाए । ४६ बलको सामना गरेका कलिमले भारतविरुद्ध ६४ रन हिर्काउँदै आकर्षक ब्याटिङ गरे । अर्का ब्याट्सम्यान मिर्जाले ३३ बलमा ५१ रन जोडे । उसका लागि कप्तान जतिन्द्र सिंहले ३२ रन थपे ।

भारतका हार्दिक पाण्डया,आर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एकएक विकेट हात पारे । यो जितसँगै अपराजित भारत भारत ६ अंकका साथ समूह ‘ए’को विजेता बन्दै सुपरा फोमा पुगेको छ । ओमान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ३९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका