गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा « Khabarhub

गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन्।

ओछाले दिएको जानकारी अनुसार, आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ ।

‘हामीका सहकर्मीहरूले रातभरि हिँडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका छन्,’ ओछाले उल्लेख गरेको छ ।

‘अल–राशिद सडकमा गाडी, टेम्पो र पैदलयात्रीहरूको अत्यधिक चाप छ । सबैजना सम्भावित जोखिमबाट बच्न दक्षिणतर्फ गइरहेका छन् ।’

यद्यपि इजरायली पक्षले सलाह अद-दिन सडक प्रयोग गर्न आग्रह गरेको थियो, सो सडक हाल सवारीसाधनका लागि चलायमान नरहेको जानकारी प्राप्त भएको छ । अल-राशिद सडक नै अहिले खुला मार्गको रूपमा प्रयोग भइरहेको छ ।

खान युनिस क्षेत्रमा ओछा नेतृत्वको टोलीले विस्थापित परिवारहरूको अवस्था बुझ्दा उनीहरूलाई आपतकालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ । गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ ।

संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गर्दै बिहीबार गाजा सहरमा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएको थियो । ती सामग्रीले झन्डै दुई हजार ७०० बालबालिकालाई उपचारमा सहयोग पुग्थ्यो । युनिसेफले यस्तो दुर्भाग्यपूर्ण घटनाबाट गम्भीर पीडा भएको जनाउँदै, दीर्घकालीन युद्धविराम अत्यावश्यक भएको स्पष्ट पारेको छ ।

ओछाले थप जानकारी दिँदै उत्तरतर्फ पुग्ने एकमात्र मार्ग ‘जिकिम नाका’ बन्द रहेको भनेको छ । गाजा सहरमा इन्धन पु¥याउने प्रयास अनुमति नपाएर रोकिएको थियो भने पछि बाटोमा अत्यधिक भीडका कारण सहयोग पु¥याउने गाडीहरू निर्धारित स्थानमा पुग्न सकेनन् ।

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई आह्वान गर्दैसर्वसाधारण नागरिकहरूलाई सुरक्षित रूपमा विस्थापित हुन दिनुपर्ने भनेको छ र अवस्था सामान्य भएपछि उनीहरूलाई पुनः आफ्ना घर फर्कन पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १२ : २५ बजे

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय

मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह

काठमाडौं– विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी

कानुन व्यवसायीले दिउँसै लाल्टिन बालेपछि…

काठमाडौं– काठमाडौं- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१